अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा


काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुहुने भएको छ ।

उहाँ अहिले राजीनामा दिन संसद् सचिवालयमा हुनुहुन्छ । नयाँ बानेश्वरमा संसद् भवनमा गएर आफूले सभामुखसमक्ष राजीनामा बुझाउने सांसद रावलले बताउनुभयो ।

‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन । म संसद् सचिवालयमा दर्ता गर्न आएको छु । केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु,’ उहाँले भन्नुभयो ।