काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले आज संघीय सांसद पदबाट राजीनामा दिनुभएको हो ।
राजीनामाको घोषणा गर्न लाग्दा एमाले नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्ने कोशिस गर्नुभयो ।
‘तर, प्लिज, प्लिज मलाई नगर्नुस्’ भन्दै रावलले आफूले राजीनामा दिएको मिडियासामु घोषणा गर्नुभयो ।
‘‘पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,’ रावलले राजीनामा लेख्नुभएको छ ।
रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजकसमेत रहनुभएको थियो ।
नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुनुहुन्छ ।
रावलको राजीनामा :







प्रतिक्रिया