अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत दिन ठाकुरलाई प्रधानमन्त्री देउवाको पत्र

विश्वासको मत दिन ठाकुरलाई प्रधानमन्त्री देउवाको पत्र


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महन्थ ठाकुरलाई पत्र पठाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत दिन ठाकुरलाई पत्र पठाउनुभएको हो । देउवाले ठाकुर र उनीसम्बद्ध प्रतिनिधि सभा सदस्यहरूको तर्फबाट समर्थन जनाउन अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आजको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन कार्यसूची छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले भने विश्वासको मत दिने निर्णय गरिसकेको छ ।