ओखलढुंगा– ओखलढुंगामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको फिक्कल गाउँपालिका-५ बस्ने समिता राई खड्काकी चार वर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको हो ।
मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुसको छानो भएको गाईगोठमा आगलागी हुँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
त्यस्तै, गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्रा पनि जलेर मरेका छन् ।







प्रतिक्रिया