अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक : एमालेका सबै सांसद प्रतिपक्षमै बसे

प्रतिनिधि सभा बैठक : एमालेका सबै सांसद प्रतिपक्षमै बसे


काठमाडौं– पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भने पुगिसक्नुभएको छैन ।

आजको बेठकमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टीसत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।

जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बस्नुभएको छ ।