अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १८०१ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

आज १८०१ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा नेपालमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । निको हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेको छ ।