अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

उहाँले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभयो । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिनुभयो ।

प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिनमै विश्वासको मत लिन थाल्नुभएको हो ।