काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रशंसा गर्नुभएको छ ।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता दिनेसमेत बताउनुभयो । ‘ओली सरकारका अनुभवलाई सदुपयोग गर्नेछौं,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले सर्वोच्च अदालत पुनर्स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री देउवाले कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरू आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनुभयो ।






प्रतिक्रिया