अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्ञवालीले देउवालाई सम्झाइदिनुभयो अतितमा भोगेका तीन हुर्मत

ज्ञवालीले देउवालाई सम्झाइदिनुभयो अतितमा भोगेका तीन हुर्मत


काठमाडौं– एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय खेलमा आफैँले भोगेका तीन वटा हुर्मत सम्झाइदिनुभएको छ ।

संसदमा बोल्ने क्रममा ज्ञवालीले २०५१ सालमा आफैँ गृहमन्त्री भएका बेला देउवा गृहमन्त्री भएको सरकारलाई कांग्रेसका ३६ जना संसदले मत नदिँदा संसद विघटन भएको स्मरण गराउनुभएको हो । ‘२०५१ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । सम्मानीनय शेरबहादुर देउवा गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सरकारले राखेको नीति तथा कार्यक्रमको विपक्षमा ३६ जना सांसदले मत हाल्नुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘त्यसपछि सरकार अल्पमतमा पर्‍यो । कोइरालाले संसद विघटन गर्नुभयो ।’

वि.सं २०५२ सालमा मनमोहन अधिकारीलाई अविश्वासको प्रस्ताव राखेपछि पनि देउवा प्रधानमन्त्री भएको स्मरण गर्नुभएको छ । ‘विरामी अवस्थाका मनमोहनलाई अस्पताको शैयाबाट जवाफ फर्काउन लाउनुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘त्यसपछि देउवा प्रधानमन्त्री हुनुभयो । तर, विश्वासको मत पाउने बेलामा काँग्रेसकै दुई जना सांसद अनुपस्थित हुनुभयो । देउवाको सरकार ढल्यो ।’

ज्ञवालीले अर्को पनि घटना पनि देउवालाई स्मरण गराउनुभयो । ‘२०५९ सालमा देउवा प्रधानमन्त्री भएका बेला संकटकाललाई निरन्तरता दिने कि नदिने भन्ने बिषयमा विवाद हुँदा उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘तर समयमा चुनाव गर्न नसक्दा राजाले उहाँलाई अक्षम भनेर गलहत्याएको धेरैले बिर्सिएका छैन्न् ।’