काठमाडौं– नेकपा एमालेका सचिव तथा पाटी प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको बताउनुभएको छ ।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताउनुभएको हो ।
उहाँले सर्वोच्च अदालतले धारा ७६ (५) को अपब्याख्या गरेको भन्दै झस्केलामार्फत निर्दलीयतालाई प्रवेश गराउने काम भएको टिप्पणी पनि गर्नुभयो । सांसद ज्ञवाली यसअघि देउवालाई श्री ५ ज्ञानेन्द्रले प्रधानमन्त्री पदमा नियुक्त दिएको र अहिले श्रीमान् ५ ले देउवालाई नियुक्ति दिएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया