अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटीको जोरायल गाउँपालिकामा तीन दिनदेखि टेलिफोन सेवा बन्द

डोटीको जोरायल गाउँपालिकामा तीन दिनदेखि टेलिफोन सेवा बन्द


डोटी- जोरायल गाउँपालिका वडा नं ५ र ६ मा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । फोन अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रका नागरिक तीन दिनदेखि सेवाबाट वञ्चित भएका छन् ।

शुक्रबार साँझ गुनड तथा गोबडालेकमा रहेका रिपिटर स्टेशनमा वर्षाका कारण खराबी आएपछि यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन् ।

उक्त टावरबाट जिएसएम र सिडिएमए सेवा अवरुद्ध भएका छन् । नेपाल टेलिकमका फोन अवरुद्ध भएपछि यहाँका सेवाग्राहीलाई एनसेलको भर पर्नुपर्ने अवस्था आएको जोरायल-६ का महेन्द्र बोहराले बताउनुभयो ।

अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि यहाँका नागरिकले घण्टौ लगाएर आफैं सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।