अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रम ओलीलाई धेरै धन्यवाद : महन्थ ठाकुर

पूर्वप्रम ओलीलाई धेरै धन्यवाद : महन्थ ठाकुर


काठमाडौं– जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ ।

उहाँले आफ्नो पाटीका केही मागहरू पूरा गरेकाले पूर्वप्रम ओलीलाई धन्यवाद दिनुभएको हो ।

‘ओलीजीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, किनकी उहाँहरूले हाम्रो मुद्दाहरू उठाउनुभयो । नागरिकतासम्बन्धी अध्यादेश पनि ल्याउनुभयो,’ प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्तावको पक्षमा मत जाहेर गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘१ सय ३९ जनामाथि जुन मुद्दा थियो, जेल, जरिवाना थियो त्यो उहाँलो फिर्ता गराउनुभयो ।’