काठमाडौं -नेकपा एमालेका महासचिब इश्वर पोख्रेलले अराजनीतिक नाटकको पटाक्षेप भएको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा एमालेका २२जना साँसदहरुले विश्वासको मत दिएको केही समयमै सामाजिक सञ्जालमा पोख्रेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
पोख्रलेले यो नाटकको कलाकारका रुपमा बाहिर देखापरेका खलनायक र विदुषक बारे भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।
पोख्रेलले लेख्नुभएको छ ‘केही पात्रहरुद्वारा केही समयदेखि जारी अराजनैतिक÷अनैतिक भद्धा नाटकको एउटा खण्ड पटाक्षेप भएकोछ ।कलाकारका रुपमा बाहिर देखापरेका खलनायक र विदुषक बारे भ्रममा नपरौं ।सबैले राम्ररी चिनौंै । ’







प्रतिक्रिया