अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एमालेको केन्द्रीय कमिटी

आज एमालेको केन्द्रीय कमिटी


माधव नेपाल सहित २२ जनालाई कारबाही हुन सक्ने
काठमाडौं पार्टीका २२ साँसदले फ्लोर क्रस गरेको भोलीपल्ट आज नेकपा एमालेको केन्द्रीय कमिटी बस्दैछ । बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका बिषयमा व्यापक छलफल हुनेछ ।
स्थायी कमिटी बैठकले हिजो पार्टीको निर्णय विपरित देउवाको पक्षमा मतदान गरेमा त्यस्ता साँसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपाल सहितका २२ जना साँसदलाई आजको केन्द्रीय कमिटी बैठकले कसरी सम्बोधन गर्छ भनेर चासोका साथ हेरिएको छ ।
त्यसैगरी आजको बैठकमा माधव नेपाल पक्षबाट फुटेका भीम रावल र सुरेन्द्र पाण्डेहरु सहभागि हुन्छन् कि हुदैनन् भन्ने पनि चासोको साथ हेरिएको छ ।
बैठक अहिले ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्दैछ ।