अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि काठमाडौं-दिल्ली दैनिक ६ उडान

आजदेखि काठमाडौं-दिल्ली दैनिक ६ उडान


 

काठमाडौं- आज सोमबारदेखि काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मका लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पुर्‍याइएको जनाएको छ । यसअघि यो रुटमा २ वटा उडान मात्रै हुँदै आएका थिए ।

साउन ४ गतेदेखि नेपाल वायुसेवा निगम र भारतीय एयर इण्डियालाई सातामा ३–३ गरी ६ वटा उडान गर्ने अनुमति प्रदान गरिएको प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । यो अनुमति साउन १५ सम्म कायम रहने छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गएको वैशाख २३ गतेदेखि काठमाडौं–दिल्ली उडान संख्या १४ बाट घटाएर दुई मा सीमित गरेको थियो । यस अवधिमा विश्वका अन्य मुलुकमा नेपालबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको भए पनि काठमाडौं दिल्ली उडान भने रोकिएको थिएन ।