अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टीका २२ सांसदले फ्लोर क्रस गरेको भोलिपल्ट आज तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका बिषयमा व्यापक छलफल हुनेछ ।

स्थायी कमिटी बैठकले हिजो पार्टीको निर्णय विपरीत देउवाको पक्षमा मतदान गरेमा त्यस्ता सांसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपाल सहितका २२ जना सांसदलाई आजको केन्द्रीय कमिटी बैठकले कसरी सम्बोधन गर्छ भनेर चासोका साथ हेरिएको छ ।