अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार : अध्यक्ष ओली

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार : अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिनुभएको छ । आज ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन् । उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो,’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ ।’

उहाँले आइतबार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिक रहेको पनि बताउनुभयो । ‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरूको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो । यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीलले यदि पार्टी अनुशासन नमान्ने नेतामाथि कारबाही नगर्ने हो भने एमाले माछा बजार हुने पनि बताउनुभयो । ‘कसैलाई कारबाही गर्ने होइन भने यो पार्टी होइन, माछा बजार हुन्छ,’ उहाँले भन्नुभयो ।