काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको सरकार ‘टालटुली बटुली कति राम्री पुतली’ जस्तै भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धेरै वटा टालाहरू मिलेर बनेको यो सरकार हेर्न लायक तर कामचाँहि सिन्को भाँच्न नसक्ने प्रकृतिको भएको बताउनुभएको हो ।
केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार देउवाले लिएको विश्वासको मतलाई ओलीले कबाडीको रिसाइकलबाट बनेका भाँडाकुडाँ जस्ता भएको बताउनुभएको छ ।
‘देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनाइएको टालाटुली बटुली जस्तै हो ’अध्यक्ष ओलीको भनाइ उधृत गर्दै बस्नेतले भन्नुभयो, ‘सरकारले अब सत्ताको दुरुपयोग गरेर एमालेमाथि आक्रमण र षड्यन्त्र सुरु गर्दैछ, त्यसको प्रतिकार गर्न तयार रहनु पर्छ ।’






प्रतिक्रिया