काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई आगोसँग तुलना गर्दै हिजो संसदमा नयाँ धम्की दिनुभयो ‘आगोसँग नखेल्नु । यसलाई सदुपयोग गर्न सके ताप दिन्छ । यो सँग खेल्न थाले सल्काउँछ ।’
धेरैले सम्झे दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धम्क्याउनुभएको हो । तर हिजोको निशाना ओलीप्रति थिएन । त्यो निशाना आफैले काँधमा बोकेर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराएका शेरबहादुर देउवातिर थियो । सत्तासहकार्य गरेको हप्तादिन नपुग्दै किन आफ्नै सहयात्रीलाई डढेलो लगाइदिने धम्की दिनुभयो त दाहालले ? यसका धेरै कारणहरु छन् ।
पहिलो कारण, १० वर्षे माओवादी युद्धकालमा देउवा र दाहालको खुनी सम्बन्ध थियो । दाहाललाई ध्वस्त पार्ने योजना मुताविक देउवाले दाहालको टाउकाको मूल्य ५० लाख रुपैयाँ तोकिदिनुभएको थियो । उहाँसँगै अर्का सहयात्री बाबुराम भट्टराईको पनि टाउकाको मूल्य ५० लाख नै थियो । संयोगले दाहालले थापेको काँधमा भट्टराईले अर्को काँधमा थापेर देउवालाई प्रधानमन्त्रीमा बिराजमान गराउनुभएको छ ।
तर हिजोको निशाना ओलीप्रति थिएन । त्यो निशाना आफैले काँधमा बोकेर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराएका शेरबहादुर देउवातिर थियो । सत्तासहकार्य गरेको हप्तादिन नपुग्दै किन आफ्नै सहयात्रीलाई डढेलो लगाइदिने धम्की दिनुभयो त दाहालले ?
तत्कालका लागि आफूलाई आगोको लप्कासँग तुलना गरेर दाहालले देउवालाई मनोवैज्ञानिक दबाब सृजना गर्ने नयाँ जुक्ति निकाल्नु भएको हो । त्यो कसरी भने देउवा र दाहालबीच अब मन्त्रालय बाँडफाँडमा व्यापक रस्साकस्सी पर्नेछ । माधव नेपाल र महन्थ ठाकुरतर्फबाट अनपेक्षित तरिकाले मतभार थपिएसँगै देउवालाई मन्त्रालय बाँडफाँडको नयाँ भारी थपिएको छ । र,यसपाली देउवालाई विगतमा जस्तो सबैको चित बुझाउन मन्त्रालय फुटाउने, अनावश्यक संख्यामा मन्त्री थप्ने र ४८÷५० जनाको मन्त्रिपरिषद बनाउने छुट छैन । जसले गर्दा उहाँलाई यस पटकको सत्ता गठबन्धन यसै पनि आगोसँग खेले सरह हुने नै थियो । त्यसमा पनि सत्ताको मुख्य साझेदार दलका नेताले संसदमै आफू आगो भएको र आफूसँग नखेल्न देउवालाई खुलेआम चुनौति दिएबाट बुझ्न सकिन्छ देउवाले त्यो आगो निकै चुनौतिपूर्ण छ ।
दाहालले आफूलाई आगोसँग तुलना गरेर देउवासँग महत्वपूर्ण मन्त्रालयको बार्गेनिङ मात्र गर्नुभएको होइन नियुक्ति, आफ्नो टाउकोमा भएको द्वन्द्वकालिन मुद्दाको बोझिलो भारीबाट मुक्ति दिलाउन थप दबाब कस्नु भएको छ । आगोको विशेषता के हो भने जता खरबारी, त्यतै सल्किनु हो । आफ्नो मूलबाटो छोडेर खरबारीमा फैलने आगोसँगको सत्ता सहयात्रा देउवाका लागि कति सुखद् होला त ? पक्कै त्यो सुखद हुनेछैन ।
देउवा दाहाल गठबन्धन नयाँ होइन । २०७३ सालमा ओली सरकारलाई बिस्थापन गर्न यिनै दुई पार्टीले गठबन्धन बनाएका थिए । आफ्नो नौ महिने कार्यकाल सुखद् रुपमा सम्पन्न गरेपछि देउवाको पालो आयो । देउवालाई सत्ता हस्तान्तरण गर्ने बित्तिकै आगो एमालेतिर सल्कियो । आफ्ना सत्ता सहयात्रीलाई कुनै सुइँको समेत नदिएर दाहालले एमालेसँग चुनावी गठबन्धन गर्नुभयो । त्यो गठबन्धन पछि पार्टी एकतामा परिणत भएर नेपाल कम्यूनिष्ट पार्टी नेकपा बन्यो । तर दाहालरुपी आगोले नेकपालाई यसरी भष्म बनायो, त्यो एकता तीनबर्ष पनि टिकेन । त्यतिमा मात्र आगो निभेन । त्यो आगो एमालेको खरबारीमा फैलियो । त्यसकै उपज अहिले देउवाको सत्तारोहण सम्भव भएको छ । दाहालले सल्काएको आगो अब सत्ताको खरबारीमा फैलने निश्चित छ ।
देउवाले अब आगोलाई सरकारी दमकल प्रयोग गरेर नियन्त्रणमा लिनुहोला वा डेढेलोमा परेर आफैं जल्नुहोला । यसको जवाफ पाउन धेरै दिन कुर्नु पर्दैन । किनकि दाहाल झण्डै चार बर्ष देखि अधैर्यसँग सत्ताको पर्खाईमा हुनुहुन्छ । त्यसैले देउवाको खरबारीलाई उराठ बनाएर नयाँ खरबारी खोज्न आगोलाई धेरै समय लाग्ने छैन ।



तर हिजोको निशाना ओलीप्रति थिएन । त्यो निशाना आफैले काँधमा बोकेर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराएका शेरबहादुर देउवातिर थियो । सत्तासहकार्य गरेको हप्तादिन नपुग्दै किन आफ्नै सहयात्रीलाई डढेलो लगाइदिने धम्की दिनुभयो त दाहालले ?



प्रतिक्रिया