काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले काँक्राको चिचिलो नभएको बताउनुभएको छ । आज केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले चोर औँला देखाउँदैमा काँक्राको चिचिलो झरेजस्तो एमाले नझर्ने ओलीले बताउनुभयो ।
माधव नेपालले कार्यदलका सदस्यलाई एक्लै भए पनि देउवालाई भोट हाल्छु भनेर हठ लिएको ओलीले बताउनुभयो । उहाँले उपाधक्ष्य भीम रावलले आवेशमा आएर राजीनामा दिनु गलत भएको पनि उल्लेख गर्नुभयो । ‘भीम रावलले सांसद पदबाट हतारिएर राजीनामा गर्नुभएछ । सल्लाह गर्नुपथ्र्यो,’ ओलीले भन्नुभयो, ‘मिल्छ भने अहिले पनि राजीनामा फिर्ता गर्नु पर्दछ ।’
केन्द्रीय सदस्य महेश बस्नेतले दिएको जानकारी अनुसार बैठकले कार्यदलले पार्टीमा सहमतिका लागि बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।
बैठकले माधव नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । भोलि ३ बजे बस्ने बैठकमा चित्त बुझ्दो स्पष्टिकरण नआएमा उहाँहरूलाई पार्टीबाट निस्कासन गर्ने तयारी रहेको छ ।






प्रतिक्रिया