अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस निर्वाचन समितिको सदस्यमा तेज रावल नियुक्त

कांग्रेस निर्वाचन समितिको सदस्यमा तेज रावल नियुक्त


काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको विधानको धारा १५ (९) बमोजिम रावललाई नियुक्त गर्नुभएको हो । कांग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एक राज पोखरेल रहनुभएको छ ।