काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
आइतबार भएको फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै, उहाँले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री मोदीले कोरोना महामारीलगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राख्नुभएको थियो ।
सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरूमा मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको उल्लेख गर्नुभएको छ ।
Spoke with Prime Minister @DeubaSherbdr to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic.
— Narendra Modi (@narendramodi) July 19, 2021






प्रतिक्रिया