अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई विश्वासको मत दिएर केही सांसदले अक्षम्य अपराध गरे : ईश्वर पोखरेल

देउवालाई विश्वासको मत दिएर केही सांसदले अक्षम्य अपराध गरे : ईश्वर पोखरेल


काठमाडौं– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही सांसदले अक्षम्य अपराध गरेको टिप्पणी गर्नु भएको छ ।

आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनुभयो ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरूले घटाएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरू पनि घटदैछन्, हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिहरूले गर्नु भएको छ,’ महासचिव पोखरलले भन्नुभयो, ‘यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भीररूमा लिएका छौँ ।’

उहाँले पार्टीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।