अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मन्त्री खड्का

गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मन्त्री खड्का


पोखरा– गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका-१६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले एक/दुई दिनमै पूर्णता पाउने बताउनुभयो ।

सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उहाँले बताउनुभयो । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका-१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार यही साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल गठन गरिएको छ ।

कार्यदलमा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत हुनुहुन्छ । सो वडामा काँग्रेसका ५०६ क्रियाशील सदस्य छन् ।