अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५ सय जनाभन्दा बढी घाइते

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५ सय जनाभन्दा बढी घाइते


काबुल– अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन्।

घटनाका कारण अरू पाँच सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ।

लडाकू समूहले लगातार हिंसात्मक गतिविधिहरू गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ। ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरूले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन्।

तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरूले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरूका बीचमा ठूलो भिडन्त भएको थियो। तालिबान लडाकूहरूको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन्।

सहमति अनुसार अमेरिकी सेना अफगानिस्तानबाट फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ।