अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


झापा– गौरादह नगरपालिका-१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका-९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।