अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालविरुद्ध युवा संघको प्रदर्शन, सांकेतिकरूपमा दाहसंस्कार

माधव नेपालविरुद्ध युवा संघको प्रदर्शन, सांकेतिकरूपमा दाहसंस्कार


काठमाडौं– नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।

आज युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरूले विश्वासको मत दिनुभएको थियो । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।

युवा संघका कार्यकर्ताले सांकेतिकरूपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् ।