अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को निर्णय : अघिल्लो सरकारले गरेका राजदूत नियुक्ति खारेज

मन्त्रिपरिषद्को निर्णय : अघिल्लो सरकारले गरेका राजदूत नियुक्ति खारेज


काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको हो ।

ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को आजको निर्णयअनुसार अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ ।