अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय नाघ्यो

काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय नाघ्यो


काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो समय ४७४ सङ्क्रमित थपिएका छन् ।

काठमाडौंमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा पाँच हजार ३११, ललितपुरमा ९०७ र भक्तपुरमा ८७७ सकृय सङ्क्रमित रहेका छन् ।

यस्तै, काठमाडौंमा अहिलेसम्म एकहजार ९३३, ललितपुरमा ९५३ र भक्तपुरमा ३७४ जनाको मृत्यु भइसकेको छ ।

योसँगै काठमाडौं उपत्यकामामा तीन हजार २६० जना सङ्क्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।