अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु


गण्डकी- टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ ।

लमजुङ राइनास नगरपालिका-७ सालफेदि बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी पाण्डेको लमजुङस्थित सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइ रहेको छ ।