अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारले नियुक्त गरेकाहरु नैतिकता देखाउँदै छाड्दै

ओली सरकारले नियुक्त गरेकाहरु नैतिकता देखाउँदै छाड्दै


काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्ति गरेका पदाधिकारीहरुले धमाधम राजीनामा दिइरहनुभएको छ ।

नयाँ प्रधानमन्त्री नआउँदै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीसँगै राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुले पनि छाडिदिनुभयो ।

निश्चित समयका लागि तोकेरै नियुक्त गरिएका गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले पनि राजीनामा दिनुभएको छ । उहाँहरुले सञ्चार सचिव हरिप्रसाद बस्यालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेर राजीनामा पत्र बुझाउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पर्खिए पनि नयाँ मन्त्री आउन ढिला हुने भएकाले भण्डारी र खनालले राजीनामा दिनुभएको हो । सम्भवतः आज भोलि नै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पनि राजीनामा दिँदै हुनुहुन्छ ।

राजीनामापछि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष भण्डारीले भन्नुभयो, ‘अघिल्लो सरकारले नियुक्त गरेको मेलै पदमा रहिरहनु उचित ठानिनँ ।’

विगतमा शेरबहादुर देउवा सरकारले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा त दिनुभएन नै, हटाउँदा पनि अदालतबाट थमौती गर्दै फर्किनुभएको थियो ।