काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल र एमालेसँगै हिड्न नसक्ने बताउनुभएको छ ।
हिजो पार्टीको केन्द्रीय कमिटीको बैठकमा भएको छलफलपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । बास्कोटाले एमालेले जित्दा माधवले हार्ने र माधवले जित्दा एमाले हार्ने स्थिती सृजना भएको उल्लेख गर्नुभएको छ । ‘अब देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्न सक्नुपर्दछ ।अर्को विकल्प छैन ’ बास्कोटाले लेख्नुभएको छ ।
बास्कोटाले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ ‘अब एमाले र माधव नेपाललाई न संगै हिडाउन सकिन्छ न त जिताउन नै । माधव जित्दा एमाले हार्छ तर एमाले जित्दा माधव मात्र हार्छन् । तसर्थ देशभरका एमालेजनले बिना अलमल व्यक्ति वा पार्टी मध्ये एक रोज्नु पर्दछ । अर्को विकल्प छैन ।’







प्रतिक्रिया