काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
बैठकमा शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने माधव नेपाल सहित २२ जना सांसदलाई कारबाही गर्ने तयारी छ । हिजोको बैठकले उहाँहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टी प्रमुख विपक्षी दलको भूमिकामा आएपछिको पहिलो बैठक भएकोले यसले विभिन्न प्रस्तावहरु पनि पास गर्ने तयारी छ । हिजो अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले आजको बैठकमा पेश हुने प्रस्तावहरु पास गरेको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । तर प्रस्तावहरु के के छन् भन्ने विषय उहाँले खुलाउनु भएन ।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।







प्रतिक्रिया