काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को टोली बालकोट पुगेको छ ।
ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबुँदे सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।
ओली सरकारले सम्झौता गरेर विप्लवलाई राजनीतिक मूलधारमा ल्याएको थियो ।







प्रतिक्रिया