अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटका अनुसार आज बालुवाटारमा भएको देउवा र प्रचण्डबीचको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्ययोजनालगायतका विषयमा छलफल भएको हो ।

त्यसअघि दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच कोटेश्वरमा संयुक्त छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थाल्नुभएको छ ।