सप्तरी– लगातारको वर्षाले खोलामा आएको बाढीले जीर्ण रहेको चन्द्रनहरको डिल भत्किँदा झडै ४ सय घर डुबानमा परेको छ ।
जिल्लाको सप्तकोशी नगरपालिका-४ बलार्दहस्थित चन्द्रनहरको दुईवटा डिल भत्किँदा ४ सय घर डुबानमा परेको नगरपालिका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।
अविरल वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढी ओभरफ्लो भएपछि जीर्ण अवस्थामा रहेको चन्द्रनहरको डिल भत्किएको उहाँले जानकारी दिनुभयो । ‘अविरल वर्षाका कारण नहरमा पानीको ओभरफ्लो छँदैथियो । खोला र नदीमा आएको बाढीले समेत समस्या पार्यो । नहर भत्किएपछि आसपासका करीब ४ सय घर डुबानमा छ,’ प्रमुख गौतमले भन्नुभयो ।
बाढीले चन्द्रनहरमा पानी तीव्र गतिमा ओभरफ्लो भएर बग्दा विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।







प्रतिक्रिया