अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरको डिग्री क्याम्पसमा वृक्षारोपण

विराटनगरको डिग्री क्याम्पसमा वृक्षारोपण


विराटनगर– विराटनगरको डिग्री क्याम्पसमा वृक्षारोपण कार्यक्रम गरिएको छ । रोटरी क्लब विराटनगर सेन्ट्रल र नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ को संयुक्त आयोजनामा काष्ठ र श्रृंगारिक जातका बहुमूल्य पाँच सय वटा विरुवा रोप्ने योजना मध्येबाट दुई सय विरुवा रोपिएको हो ।

डिग्री क्याम्पसमा स्थापना गरिएको बोटानिकल गार्डेनमा विभिन्न प्रजातिका विरुवा रोपिएपछि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागिसमेत उपयोगी हुने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।

वृक्षारोपण स्थलमा आयोजित कार्यक्रममा डिग्री क्याम्पसका प्रमुख महेश खत्रीले विरुवा रोपेर हरियाली बनाउनु पनि विश्वविद्यालयको एउटा अंग भएको बताउनुभयो ।

प्राध्यापक संघका सभापति प्रा. डा. टुनराज भट्टराईले विरुवाले जगतलाई लाभ हुने बताउनुभयो । जोलोजी विभागका प्रमुख प्रा. डा. दामोदर थापाले जीवसम्बन्धी धेरै अनुसन्धान हुने भएकोले वृक्षारोपण कार्य स्वागतयोग्य रहेको बताउनुभयो ।

नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ का अध्यक्ष शालीग्राम अधिकारीले यहाँ स्थापित बोटानिकल गार्डेनको जैविकविविधता र क्षेत्रफलसमेत वृद्धि गर्नुपर्ने अवस्था रहेको र यस कार्यका लागि वृक्षारोपणले टेवा पुर्याउने बताउनुभयो ।

रोटरी क्लबविराटनगर सेन्ट्रलकी अध्यक्ष मुन थपलियाले विरुवा रोपेर मात्रनहुने यीनलाई हुर्काउनुसमेत महत्वपूर्ण हुने बताउनुभयो ।

रोपिएका विरुवाहरूलाई मलजल गरी हुर्काउने जिम्मेवारी डिग्री क्याम्पसलाई दिइएको छ । सो कार्यक्रममा रोटरी क्लबकी जीना थापा, वातावरण पत्रकार रामचन्द्र अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।