काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो ।
सांसद मेटमणि चौधरीका अनुसार नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ सांसदसहित आफूनिकट स्थायी कमिटी सदस्यसँग छलफल गर्न लाग्नुभएको हो ।
अर्याल होटलमा बस्ने बैठकमा भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।







प्रतिक्रिया