अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडा कार्यालयको सूचना : बाँदर धपाउन कुकुर लिएर आउनू

वडा कार्यालयको सूचना : बाँदर धपाउन कुकुर लिएर आउनू


सिन्धुपाल्चोक– बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङले ‘बाँदर धपाऔं, बालिनाली बचाऔँ’ अभियान सुरुवात गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।