अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन

एमाले नेता प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन बनाउनुभएको छ । साहका अनुसार १ सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्नेछ ।

आज दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने साहले जानकारी दिनुभयो ।

आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै, जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

‘केही साथीहरूको सहयोग लिएर मेरो नेतृत्वमा आइटी आर्मी संगठन निर्माण गरिएको छ,’ साहले भन्नुभयो ।