काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गर्नु भएको छ । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट ‘आईटी आर्मी’ गठन घोषणा गरिएको हो । उक्त संगठनको मुख्य काम ‘शासक वर्ग’ले समाजमा सृजना गरेको भ्रम चिर्ने रहेको बताइएको छ।
कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक गरिएको छ । अन्तरिम घोषणापत्रमा द्वन्द्व र विभाजनको स्थितिको अन्त्य आईटी आर्मीले गर्ने उल्लेख छ ।
आईटी आर्मीले सूचना प्रविधि (आईटी) को सहायताले मुलुकमा व्याप्त दूराचार, भ्रष्टाचार, बेथितिलगायत विसंगति हटाउन सकिने जनाएको छ । आईटीकै माध्यमबाट दमन, उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ ।
मुख्यतः आम श्रमजीवी तथा उत्पीडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्देश्य रहेको छ ।
एक सय ५१ सदस्यीय सो संगठनले आईटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्ने साहले बताउनुभयो ।








प्रतिक्रिया