काठमाडौं– गत २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका कोरोना पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा २५ स.क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन् ।







प्रतिक्रिया