काठमाडौं– एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक जारी छ ।
बैठकमा अहिले एमाले प्रदेश अध्यक्षहरूले पार्टी गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ । बैठकमा प्रदेश १ बाट देवराज घिमिरे, गण्डकीबाट जगत बिक र कर्णाली प्रदेशबाट गोरख बोगटीले प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ ।
आजको बैठकमा अध्यक्ष ओलीको सम्बोधन, विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति प्रस्तावको अनुमोदन, अनुशासनविपरीत काम गर्नेसँग स्पष्टीकरण, प्रदेशमा पार्टी अवस्था, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, ओली नेतृत्वको सरकारको समीक्षा र पार्टीको आगामी भूमिकालगायतका कार्यसूची छन् ।
बैठकमा शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने माधव नेपाल सहित २२ जना सांसदलाई कारबाही गर्ने तयारी छ ।







प्रतिक्रिया