अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एभरेष्ट प्रिमियर लिग : मारोनले पायो अन्तर्राष्ट्रिय प्रशारणको अधिकार

एभरेष्ट प्रिमियर लिग : मारोनले पायो अन्तर्राष्ट्रिय प्रशारणको अधिकार


काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय सेल्स एजेन्टको रूपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ ।

सम्झौतासँगै चौथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको इपिएलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

ईपीएल खेल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ । मारोनका सह-संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

त्यस्तै, ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।