अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्लिम समुदायले आज बकर इद पर्व मनाउदै

मुस्लिम समुदायले आज बकर इद पर्व मनाउदै


काठमाडौं -मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद पर्व मनाउँदैछन्। बकर इदलाई मुस्लिम समुदायले दोस्रो ठूलो पर्वको रुपमा मनाउने गरेका छन्।

बकर इदमा मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने प्रचलन छ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ।

बकर इदको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।