काठमाडौं- नेकपा माओवादी केन्द्रबाट सरकारमा को को सामेल हुने विषयमा विवाद बढीरहेका बेला आज स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी कार्यलय पेरिस डाँडामा दिउसो १ बजे बैठक बस्दैछ । स्थायी कमिटीबाट मन्त्रीहरुको पनि टुंगो गर्ने तयारी छ । माओवादीमा नारायणकाजी श्रेष्ठले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग कडा ढंगले उठाउनुभएको छ । अन्य नेताहरुले उहाँले पटक पटक अवसर पाएकोले दोस्रो बरियाताको नेतृत्वमा सरकारमा जानु पर्ने माग अघि सारेका छन् । संसदको चुनाव हारेका श्रेष्ठलाई राष्ट्रिय सभाको सजिलो बाटो प्रयोग गरि संसदमा भित्र्याएकोले अहिले त्यसैमा चित बुझाउनु पर्ने पुराना माओवादीहरुको धारणा छ । उनीहरुले देवेन्द्र पौडेल वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सामेल हुनुपर्ने माग अघि सारेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।
आइतवार राति विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले क्याबिनेट विस्तार तयारी थाल्दै गर्दा माओवादीले पनि सम्भावित मन्त्रीहरुको टुंगो गर्ने भएको हो। माओवादीको भागमा ६ उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्ने छन्।







प्रतिक्रिया