अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रावललाई राजीनामा फिर्ता लिन दबाब, १३ प्रदेश सांसद काठमाडौंमा

रावललाई राजीनामा फिर्ता लिन दबाब, १३ प्रदेश सांसद काठमाडौंमा


काठमाडौं– एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन दबाब पर्न थालेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर राजीनामा फिर्ता लिन दबाब दिनुभएको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उहाँको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिनुभएको थियो ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।