अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथलाई उपचार खर्च दिने प्रधानमन्त्रीको आश्वासन गैरकानूनीः गगन थापा

झलनाथलाई उपचार खर्च दिने प्रधानमन्त्रीको आश्वासन गैरकानूनीः गगन थापा


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनको विरोध गर्नुभएको छ । उहाँले अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्न नहुने उल्लेख गर्नुभएको छ ।

‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ,’ उहाँको भनाइ छ ।

थापाले ओली सरकारले झलनाथको उपचार खर्च व्यहोर्ने भएपछि विरोध जनाउनुभएको थियो ।