काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनता समाजवादी पाटी (जसपा)का नेता डा. बाबुराम भट्टराईलाई विगत सम्झाउनुभएको छ ।
ट्वीटरमार्फत् उहाँले बाबुरामलाई पृष्ठभूमि सम्झाउनुभएको हो ।
अध्यक्ष थापाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एक तस्बिरका कारण बाबुरामलाई विगत नबिर्सन आग्रह गर्नुभएको हो ।
बाबुरामले ‘भारतका मेरा कक्षा सहपाठी आदित्यनाथको तस्बिर’ लेखेर एउटा समाचारको फोटो ट्वीटरमा अपलोड गर्नुभएको छ ।
त्यो विषयमा अध्यक्ष थापाले रिट्वीट गर्दै लेख्नुभएको छ, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लाश बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो?’







प्रतिक्रिया