काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । नेता नेपालले आज आफूनिकट पार्टीका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहनुभएको हो ।
उहाँले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २१ सांसदसँग छलफल गर्नुभएको थियो ।
एक नेताका अनुसार पछिल्लो राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल भइरहेको छ । छलफलमा देउवालाई विश्वासको मत नदिएका नेताहरू सहभागी हुनुहुन्छ ।
संस्थापन एमालेले विश्वासको मत दिएका नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ । सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।







प्रतिक्रिया